Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


फिफा विश्वकप फुटबलमा दक्षिण अफ्रिकाकाे दक्षिण कोरियामाथि रोमाञ्चक जित

दक्षिण अफ्रिका समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

52
Shares

काठमाडाैं । दक्षिण अफ्रिका फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

एस्टाडियो मोन्टेरे स्टेडियममा बिहीबार बिहान भएको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित हात पार्दै समूहको उपविजेता बन्न सफल भएकाे हाे । खेल सकिए लगत्तै दक्षिण अफ्रिकी खेलाडी र समर्थक मैदानमा निकै उत्साहका साथ खुशीयालीमा झुमेका थिए ।

यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित हात पार्दै समूह विजेताका रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अर्को खेलमा मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा चेक गणतन्त्रको सामना गरेको थियो । मेक्सिको शीर्ष स्थानमा रहे पनि समूहको दोस्रो स्थान (उपविजेता) का लागि बाँकी टोलीबीच निकै प्रतिस्पर्धात्मक भीडन्त भएको थियो ।

साेही खेलमा दक्षिण कोरियालाई पराजित गर्दै दक्षिण अफ्रिकाले बाजी मारेको हो ।