Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


जुम्लाका ८ वटै स्थानीय तहद्वारा आर्थिक वर्षका लागि बजेट सार्वजनिक


13
Shares

काठमाडाैं। जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामा रहेका एक नगरपालिकासहित ७ वटा गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । चन्दनाथ नगरपालिकाले ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले ४५ करोड ४६ लाख ६ हजार र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार बजेट सार्वजनिक गरेका हुन् ।

त्यसैगरी, हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँफालकिाले असार ९ गते ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियाे ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक र स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिएकाे बताउनुभएकाे छ।