काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार भने तोलामा चार हजार ४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार ६६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्