Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


फिफा विश्वकप फुटबलमा कोलम्बियाकाे कंगोमाथि संघर्षपूर्ण जित

कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्ने

0
Shares

काठमाडौं । जारी फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ ।

बुधबार बिहान सम्पन्न भएकाे प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बनेकाे हाे । यो जितसँगै कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा मुनोजले गोल गर्दै कोलम्बियालाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयतिर डीआर कंगोले खेलमा फर्कन निकै प्रयास गरेपछि सफल हुन नसकेकाे हाे। खेल सकिनै लाग्दा कोलम्बियाले गरेका दुई गोल अफसाइट भएका थिए ।

यो जितसँगै समूह ‘के’ मा कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो । पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो । अब कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्ने भएकाे छ।  

यो समूहको पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको हाे । कंगोको एक अंक र उज्वेकिस्तान भने अंकबिहीन बनेकाे छ ।