Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


विश्वकप फुटबल फुटबलमा क्रोएसियाको पहिलो जित

पानामा अंकविहीन बन्दै विश्वकपबाट बाहिरियाे

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

बुधबार बिहान भएकाे खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् । जोसिप स्टानिसिकको पासलाई सदुपयोग गर्दै बुदिमिरले गोल गरेका थिए । जितसँगै क्रोएसियाले समूह चरणमा पहिलो तीन अङ्क जोडेको छ ।

पहिलो खेलमा इंग्ल्याण्डसँग ४–२ गोलले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो । पानामाले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि घानासँग १–० गाेलले पराजित भएको पानामा अंकविहीन बन्दै विश्वकपबाट बाहिरिएको छ ।