Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश

सेनेगल भने ३-२ गाेल अन्तरले पराजित

26
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ ।

न्युयोर्कको न्युजर्सी रंगशालमामा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलले पराजित गर्दै नर्वे अन्तिम ३२ मा प्रवेश गरेको हो । नर्वेका लागि मार्कस पेडरसन एक तथा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । त्यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका हुन्।

खेलको ४३औँ मिनेटमा नर्वेका पेडरसनले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४८ औँ गोल गर्दै टोलीलाई २–० गोलले अगाडि बढाएका हुन् । त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका स्माइलाले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए का छन्। त्यस्तै, खेलको ५८औँ मिनेट हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको इजुरी समयमा सेनेगलका स्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएका हुन् । यो जितसँगै समूह आई को नर्वे लगातार दाेस्राे जितसँगै ६ अंकका साथ शीर्षस्थानमा रहेको छ ।

लगातार दुई खेल हारेको सेनेगल भने समूहचरणबाट बाहिरिएको हाे ।

Skip This