Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


लेबनानमा सक्रिय रहेको हिजबुल्लाहका गतिविधि रोक्न इरानलाई राष्ट्रपति ट्रम्पकाे चेतावनी


26
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको आफ्नो समर्थित संगठन हिजबुल्लाहका गतिविधि रोक्न चेतावनी दिनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले आइतबार राति सामाजिक सञ्जालमार्फत यस्ताे चेतावनी दिनुभएकाे हाे । इरानले हिजबुल्लाहलाई नियन्त्रण नगरे अमेरिका थप कडा कारबाही गर्न बाध्य हुने उहाँकाे भनाइ छ। अमेरिकाले यसअघि गरेको आक्रमण भन्दा अझ ठूलो स्तरको कदम चाल्न सक्ने उहाँले चेतावनी दिनुभयाे।

यसैबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शुरु भएको छ । वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पछिल्ला केही घण्टामा सकारात्मक प्रगति भएको बताउनुभयाे । उहाँले अमेरिका र इरानले मिलेर क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि काम गर्न सक्ने विश्वास व्यक्त गरेका थिए । राष्ट्रपति ट्रम्पले दुवै देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने चाहना राख्नुभएकाे हाे।

उहाँले आगामी १० वर्षभित्र पश्चिम एशियाको अवस्थालाई परिवर्तन गर्ने लक्ष्य रहेको पनि बताउनुभएकाे छ । पाकिस्तान र कतारको मध्यस्थतामा भइरहेको उक्त वार्ताको मुख्य उद्देश्य बढ्दो तनाव कम गर्नु र दीर्घकालीन शान्तिको बाटो खोज्नु रहेको जनाइएकाे छ ।

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावकाबीच शुरु भएको यो वार्तालाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको हाे ।