Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्यान्ड्स विजयी

मेक्सिकोमा आज ट्युनिसिया र जापानबीच प्रतिस्पर्धा हुँदै

26
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे समूह ‘ई’ अन्तर्गत जर्मनीले आइभरी कोस्टलाई पराजित गर्दै विजयी भएकाे छ।

क्यानाडाको टोरन्टोमामा शनिबार राति भएकाे खेलमा जर्मनीले आइभरीलाई २–१ गाेलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेकाे हाे । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । इभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोलकाे फराकिलो निकाल्दै समूहको शीर्ष स्थानमा प्रवेश गरेकाे छ । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैठाैं र १७औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाएका थिए । स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरेका हुन् ।

त्यस्तै, अहिले कुराकाओ र इक्वेडरबीचको खेल जारी रहेकाे छ । साथै आइतबार बिहान पौने १० बजेदेखि मेक्सिकोमा ट्युनिसिया र जापानबीच पनि खेल हुने भएकाे हाे ।