Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बूढानिलकण्ठ नगरपालिकाले जित्याे १०औं राष्ट्रिय खुला महिला बास्केटबलको उपाधि

ग्रान्डी स्टार्स भने ५०-३७ को अन्तरले पराजित

0
Shares

काठमाडाैं । बूढानिलकण्ठ नगरपालिकाले १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडाैंकाे कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा ग्रान्डी स्टार्सलाई ५०–३७ को अन्तरले पराजित गर्दै बूढानिलकण्ठले उपाधि जितेको हो । उपाधिसँगै बूढानिलकण्ठले ५० हजार तथा उपविजेता ग्रान्डीले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, उपाधि विजेता बूढानिलकण्ठकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् ।

उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । उदीयमान टोली बनेको सुनसरी बास्केटबल एशाेसिएशनले पनि १० हजार रुपैयाँ पाएको छ । उपत्यकाबाहिरबाट सहभागी टोलीको उदीयमान खेलाडी अन्नपूर्ण बास्केटबल एशाेसिएशनकी निबृती शर्माले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

यहि असार १ गतेदेखि नेपाल बास्केटबल संघको आयोजनामा शुरू भएको प्रतियोगितमा मोसफलका ३ सहित ८ टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनशिपमा सहभागी गराइने संघले जनाएको छ ।

साबा २०२६ को सेप्टेम्बर र अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको संघका अध्यक्ष भीमसिंह गुरुङले बताएका थिए।