काठमाडाैं । फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरुवात गरेको छ ।
अमेरिकामा बिहीबार बिहान भएको खेलमा समूह ‘एल’ अन्तर्गत घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक हात पारेको हो । खेल समय भरी दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी कायम थियो । तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले निर्णायक गोल गरेका थिए ।
खेलको अन्तिम क्षणमा आएको उक्त गोल नै घानाको जितका लागि पर्याप्त बन्यो । याे जितसँगै घानाले समूह ‘एल’ को अङ्क तालिकामा तीन अङ्क जोडेको छ । पनामा भने पहिलो खेलमै पराजित हुँदै अङ्कविहीन बनेको छ । घानाले खेलकाे समय भरी संयमित प्रदर्शन गर्दै पनामाको रक्षापंक्तिलाई दबावमा राखेको थियो । पनामाले पनि केही अवसर बनाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।
अब समूह ‘एल’ अन्तर्गत घानाले आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डको सामना गर्ने भएकाे छ । पनामाले भने क्रोएसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेकाे हाे । साथै विश्वकपमा बिहीबार बिहान पौने ८ बजेदेखि उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा जारी रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्