Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


जीवी राई नेपाली भएकाले उनकाे अवस्थाबारे राज्य गम्भीर बनोस् : सांसद राई


130
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजिमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप बलगाउनुभएको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँको सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताउनु भयो ।

उहाँले रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरु अहिले मौन रहेको टिप्पणी गर्नुभयो । राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उहाँको आशंका छ ।

उहाँले भन्नुभयो, ‘जीवी राई सहकारी ठग मात्रै भनेर हामीले भनिरहेका छैनौँ रु उ नेपाली नागरिक हो कि होइन रु देशको एउटा नागरिक हराएको छ । उहाँको सहकारीसम्बन्धी विषय अदालतले हेर्ला त्यो कानूनी पाटो हो । यसमा सरकार र सम्बन्धीत मन्त्रालयले काम गर्ने हो रु हिजो कि दिनमा उहाँहरुले नै आकाशमा गएपनि पातालमा गएपनि ल्याउँछु भन्नुभएको होइन । खै रु’
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई अहिले फरार रहेका छन् । उनीमाथि मुलुकका विभिन्न जिल्लाहरुमा सहकारी ठगी र सांगथठनिक अपराधको कसुरमा मुद्दा चलिरहेका छन् ।