Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’ भएकाे राष्ट्रपति ट्रम्पकाे घाेषणा

असार ५ गते स्विट्जरल्यान्डमा सम्झौताको औपचारिक हस्ताक्षर समारोह गरिंने

0
Shares

एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ऐतिहासिक ‘शान्ति सम्झौता’ मा पुगेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले साेमबार अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेकाे बताउनुभएकाे हाे । उहाँले यहि असार ५ गते शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको समेत जानकारी गराउनुभएकाे छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गर्नुभयाे । सम्झौतापछि वासिङ्टनले हर्मुज जलमार्गमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गर्नुभएकाे छ।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका हुन् । इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् ।