Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


‘लोभी-पापी’ हरूले पार्टी फुटाउन सक्ने अध्यक्ष ओलीकाे चेतावनी

पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिमा सक्रिय नहुन नेता तथा कार्यकर्तालाई निर्देशन

0
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभी-पापी’ को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ।

बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आइतबार गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर बिफ्रिङ लिनुभएको हाे। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कडा असन्तुष्टि जनाउनुभयाे। अध्यक्ष ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले आफूलाई हटाउन खोजिएको तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनुभएको नेताहरूले बताएका छन् । एमाले सचिवालयको बैठकले गत जेठ १० गते रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन् पेचिलो बन्दै गएको हाे ।