Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


फिफा विश्वकप फुटबलमा जर्मनीको उत्कृष्ट विजयी शुरूवात

कुरासाओ भने ७-१ गाेल अन्तरले पराजित

0
Shares

काठमाडाैं। फिफा विश्वकप फुटबल २०२६ मा चार पटकको विश्व च्याम्पियन जर्मनीले उत्कृष्ट विजयी शुरूवात गरेको छ ।

ह्युस्टन स्टेडियममा साेमबार बिहान सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीले खेलको शुरुदेखि नै दबदबा बनाएको थियो । यद्यपि पहिलो पटक विश्वकपमा उत्रिएको कुरासाओले पनि साहसिक प्रदर्शन गर्दै एक गोल गर्न सफल भएकाे हाे। खेलको शुरुवातमै छैठाैं मिनेटमा जर्मनीले गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि २१औं मिनेटमा कुरासाओले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याएको थियो ।

तर जर्मनीले पहिलो हाफमै पुनः खेल आफ्नो पक्षमा ल्यायो । ३८औं मिनेटमा हेडरमार्फत अर्को गोल गर्दै अग्रता लिएको जर्मनीले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत थप गोल गर्दै ३–१ को अग्रता बनाएकाे हाे । दोस्रो हाफमा जर्मनी अझ आक्रामक देखियो । ४७औं मिनेटमा गोल गर्दै अग्रता बढाएको जर्मनीले ६८औं र ७८औं मिनेटमा थप दुई गोल गर्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो ।

कप्तानले दुई गोलमा सहयोग गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यो जितसँगै जर्मनीले समूह ‘ई’ मा ३ अंक जोडेको छ। जर्मनीले अब अर्को खेल आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । कुरासाओले भने इक्वेडरकाे सामना गर्ने भएकाे छ।