Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


भिरबाट टेम्पो खसालिएको घटना : १० जना वन कर्मचारी पक्राउ


3.4k
Shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउ गरेकाे छ ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबै वन रक्षक तहका जुनियर कर्मचारी हुन्। घटनापछि जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन्।

वन क्षेत्र अतिक्रमण गरी टेम्पोमा खोका पसल सञ्चालन भइरहेको भन्दै हटाउने क्रममा टेम्पो भीरमा खसेको वन कार्यालयको दाबी रहे पनि भिडियो सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएकाे छ ।