Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्याे


26
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबार तोलामा पाँच हजार तीन सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियाे । तर आइतबार चाँदी तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ५५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार दुई सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।