काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्रीमा पुन: सुदन गुरुङलाई बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सम्पत्ति लगायतको अभियोग लागेका तथा मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको दोषी करार गरेका तत्कालीन गृहमन्त्री गुरुङलाई पुनः सोही जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । सांसद खड्काले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप पनि लगाउनुभयो । सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काकाे आराेप छ ।
सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याउनुभयो।










प्रतिक्रिया दिनुहोस्