Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


बढ्याे सुनचाँदीको मूल्य


26
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार तोलामा पाँच हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी शुक्रबार तोलामा चार हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ९० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार एक सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।