Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


कांग्रेसभित्रको किचलो जस्ताको तस्तै (भिडियाे रिपोर्ट)


143
Shares

काठमाडौं ।

नेपाली कांग्रेसभित्र आन्तरिक एकता प्रक्रियाले पूर्णता पाउन नसक्दा अर्को समस्या थपिएको छ । पार्टीले १५औं महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्ने तयारी गरे पनि त्यो सम्भावना क्षीण बन्दै गइरहेको छ ।

पार्टी एकताका लागि नेताहरुबीच विश्वासको वातावरण नबन्दा समस्या सिर्जना भएको छ । यही क्रम बढ्दै गए इतर पक्ष विकल्प रोज्ने तयारीमा देखिन्छ । एक रिपोर्ट ।

नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्चा हुँदै आएको संस्थापन र इतर पक्षबीचको एकता तथा सहकार्यको प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । पार्टीभित्र देखिएको गुटगत दूरी कम गर्ने प्रयास भए पनि शीर्ष नेताहरूबीच निर्णायक तहको छलफल हुन नसक्दा एकताको अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

पार्टी एकताका लागि कांग्रेसभित्र विषयमा विभिन्न तहमा छलफल भइरहेको भनिए पनि त्यसले परिणाम दिन सकिरहेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको भूमिकालाई लिएर देखिएका मतभेद समाधानका लागि छलफल अघि बढेको भनिए पनि विवाद साम्य हुन सकेको छैन ।

इतर पक्षका नेताहरूले पटक–पटक पार्टीभित्र साझा धारणा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् । उनीहरूले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र निर्णय प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्न नेतृत्वले पहल नगरेको आरोप लगाइरहेका छन् ।