काठमाडौं ।
विवादास्पद ब्यावसायी दीपक भट्टसहित चार जनाविरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुरको मुद्धा दायर गरिएको छ ।
उच्च अदालत पाटनको वाणिज्य इजलासमा आज दिउँसो दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाल विरुद्ध मुद्धा दायर गरिएको हो ।
उनीहरु विरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरिएको छ । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर जुन प्रयोजनका लागि कर्जा लिएको हो त्यसमा खर्च नगरी कर्जाको दुरुपयोग गरेको आरोप उनीहरुमाथि लगाइएको छ । उनीहरु विरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी भएको छ । सीआइबी र सम्पति शुद्धीकरण विभागले यी विषयमा पनि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेका छन् ।
भट्ट र सुलभ अग्रवाल हिरासतमै छन् । मुद्धामा दीपक, सुलभ र साहिललाई मुख्य कसुरदार ठहर गरिएको छ भने शंकरलाल अग्रवाललाई कसुरदारलाई सहयोग गरेको आरोप लगाइएको छ । १० करोडमाथि ५० करोड रुपैयाँसम्म बिगो कायम भएका प्रतिवादीहरु दोषी ठहर भए ६ वर्षदेखि ८ वर्षसम्म कैद, बिगो भराउने र बिगो बमोजिमको जरिवाना हुने बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्