Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


प्रतिनिधिसभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


1.3k
Shares

काठमाडाैं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो ।

यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराए । नयाँ कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय छ ।

यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत सांसद

१. अच्युतम लामिछाने
२.आरेन राई
३. ऐनबहादुर महर
४. कविन्द्र बुर्लाकोटी
५. क्रान्तिशिखा धिताल
६. खुस्बु ओली
७. देवराज पाठक
८. निश्कल राई
९. निशा डाँगी
१०. प्रकाशचन्द्र परियार
११. वासना थापा
१२. युवराज दुलाल
१३. राजन गौतम
१४. राम लामा
१५. विपीनकुमार आचार्य