काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको ह्वात्तै घटेको छ।
मंगलबार तोलामा दुई हजार रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला १० हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाादी मंगलबार प्रतितोला चार हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार तोलामा चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्