Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित


52
Shares

काठमाडाैं । इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो । व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए ।

साेही क्रममा झडप समेत भएको थियो । त्यसपछि इन्टरनेश्नल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकाे छ। परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचनामार्फत दिने सूचनामा उल्लेख गरिएकाे छ।