काठमाडौं । अमेरिकाकाे न्याय मन्त्रालयले विभिन्न आपराधिक गतिविधिमा दोषी ठहरिएका १७ जनाको नागरिकता खारेज गर्ने घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार उनीहरु क्युबा, हाइटी, सोमालिया, चीन, भारत लगायतका नागरिक हुन् । अमेरिकामा स्वास्थ्य सेवामा ठगी तथा सेयर बजारमा हेरफेर जस्ता अपराधमा संलग्न रहेको पाइएपछि कारबाही अघि बढाइएको हो ।
उनीहरूले नागरिकता प्राप्त गर्ने क्रममा आफ्ना आपराधिक गतिविधि लुकाएको आरोप पनि लगाइएको छ । कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले अमेरिकी नागरिकता विशेषाधिकार भएको उल्लेख गर्दै यसको दुरुपयोगप्रति कडाइ गरिने बताएका छन् ।
अमेरिकामा नागरिकता खारेज गर्ने प्रक्रिया कमै हुन्छ र यस्तो निर्णय संघीय अदालतमार्फत मात्र हुने कानुनी व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्