Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


गृहमन्त्रीमा गुरूङ पुनः नियुक्त, आजै शपथ हुने


195
Shares

काठमाडौं । गृहमन्त्रीमा सुदन गुरुङ पुनः नियुक्त हुनुभएकाे छ ।

उहाँको पद तथा गोपनीयताको शपथ ग्रहण मंगलबार दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे हाे । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर खरिद गरेको विषयमा प्रश्न उठेफछि गुरुङमाथि दबाब बढेको थियाे। रकमको स्रोतकाे बारेमा प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दावी गर्दै आउनुभएकाे थियाे।

चौतर्फी आलोचनापछि उहाँले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे। गुरुङ जम्मा २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहनुभएकाे थियाे।