काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबारदेखि शुरु हुँदैछ ।
रास्वपाले प्रदेश अधिवेशन आगामी असार १ गते सम्पन्न हुने जनाएको हाे । बागमती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । बागमती प्रदेशको अधिवेशन काठमाडौंमा हुने भएकाे हाे ।
यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्