Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


एक-अर्काविरूद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

युद्धविराम उल्लंघन भएमा पुनः कडा प्रतिकार गर्ने दुवै देशकाे चेतावनी

78
Shares

एजेन्सी । इजरायल र इरानले एक-अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् ।

तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको हाे ।

बेरुतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको हाे । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतन्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताउनुभएको हाे । उहाँलेले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन समेत आग्रह गर्नुभको छ ।