Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी


195
Shares

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुने बताएको छ ।

सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँले आफूहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्रमन्त्रीले जवाफ दिँदा हुनेकुरा राखेको र त्यसमा विपक्षले प्रधानमन्त्रीकै जवाफ चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताउनु भयो । महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रुपमा प्रवेश भएकाले यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राख्नु भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले सदनमा जारी गतिरोध अन्त्यका लागि पार्टी सभापति रवि लामिछानेज्युले अनुरोध गर्नुभयो । यो कति मुद्दाहरु हामीले छलफल गरेर, लामो छलफल गरेर मात्रै निराकरण हुन्छ । त्यो समाधान हुन्छ । अहिले यो विषय सदन अवरुद्ध हुने, गतिरोध छ । त्यसलाई निराकरण गरेर जानुपर्छ भन्ने हिसावमा सभापतिज्युबाट अनुरोध भयो । र त्यसमा दलहरुको तर्फबाट केही कुराहरु राखिएको छ । र यसमा चाहीँ सामान्यतया सरकारको तर्फबाट यसलाई प्रष्टयाउने, यसलाई स्पष्ट गर्ने गरी परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले त्यो विषयमा केही कुराहरु राखि पनि सक्यो । त्यसलाई आवश्यक प¥यो भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसावमा सभापतिज्यूले राख्नुभयो । अरु दलहरुको तर्फबाट यसमा छलफल गरेर मात्रै हामी अगाडि बढौ भन्ने कुरा छ ।अरु विषयमा लगभग अगाडि बढेर टुंगिसकेको अवस्था छ । भारत भ्रमण र समसामयिक विषयमा छलफल निष्कर्षमा पुगेको छ । र अहिले जुन सदनमा अवरोध छ । त्यो सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ । केही कुराहरु अझै बाँकि होकि जस्तो देखिन्छ । अव यो प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालयहरु छन । र, त्यो मन्त्रालयहरुले हेर्ने विषयहरुमा सम्बन्धित मन्त्रालयहरुले नै कृषिमा केही कुरा उठयो भने कृषि मन्त्रीले गर्ने कुराहरु हुन्छन ।
महामन्त्री बुर्लाकोटीले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताउनुयाे ।