Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


विपक्षी दलको अवरोधका कारण एक हप्ता स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै (कार्य-सूचीसहित)

ठैकमा आगामी आर्थिक वर्षकाे लागि प्रस्तावित बजेटमाथि छलफल गरिंने

26
Shares

काठमाडौं । विपक्षी राजनीतिक दलका सांसदहरुको अवरोधले करिब एक हप्ता स्थगित भएको प्रतिनिधिसभाको बैठक साेमबार बस्दैछ।

संघीय संसद सचिवालयले बैठकमा साेमबार बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे। बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि छलफल हुने भएकाे छ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल हुने भएकाे हाे। साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएकाे हाे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ । त्यसपछि बजेटमाथिको सामान्य छलफल शुरु हुने भएकाे हाे। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेकाे छ।

व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेकाे हाे। उहाँले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक सदनमा पेश गर्नुहुने भएकाे छ।