Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


सभामुख अर्याल र सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकबीचको बैठक आज बस्दै


13
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सोमबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको छ ।

संघीय संसद् सचिवालयले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख अर्यालले प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको जनाएकाे हो । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको हाे ।

अहिलेसम्म प्रतिनिधिसभा बैठक प्रतिनिधिसभा नियमावली २०७९ अनुसार चलिरहेको छ । यहि जेठ १७ गते विपक्षी दलहरूले घेरा गर्दागर्दै प्रतिनिधिसभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन।

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारत भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सोही बैठक बस्नु अघि नै सभामुख अर्यालले राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनुभएको हो ।