काठमाडौँ ।
नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्