Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७ सय ७९ गाडीकाे बारेमा छानबिन गर्न समिति गठन

छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने

0
Shares

काठमाडाैं । सरकारले सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट ७ सय ७५, नुवाकोटको पासाङल्हामु सडक खण्डबाट २ र धादिङको आदमघाटबाट २ गरी कूल ७ सय ७९ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा रहेका गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्ने भएकाे हाे । छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने छन् ।