Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


गत फागुन २१ गतेको निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः रामप्रसाद भण्डारी

निर्वाचन मितव्ययी रूपमा सम्पन्न गराउन समेत आयोग सफल भएको जिकिर

39
Shares

काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु ठूलाे उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको दावी समेत गर्नुभएकाे छ।

निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको बताउनुभयाे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन मितव्ययी रुपमा सम्पन्न गराउन समेत आयोग सफल भएको जिकिर गर्नुभएकाे छ ।