Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


घट्याे आज सुनचाँदीको मूल्य


26
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार तोलामा दुई सय रूपैयाँले घटेकाे सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमामा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार प्रतितोला पाँच हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार तोलामा पाँच हजार दुई सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार चार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।