Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


विश्व वातावरण दिवस आज विविध कार्यक्रम गरी बनाइँदै


13
Shares

काठमाडाैं । विश्व वातावरण दिवस शुक्रबार देशैभर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइँदैछ ।

‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित यसवर्ष सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरेको हो ।

देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो । ‍‍‌‌