काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशैभरी पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म ३७ डिग्री भन्दा कम रहेको तापक्रम बुधबार बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको जनाउकाे हाे। बुधबार सबै भन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, नेपालगञ्जमा ३९ दशमलव ५, जनकपुरमा ३८ दशमलव २, सिमरामा पनि ३८ दशमलव २, धनगढीमा ३८ दशमलव १, चन्द्रगढीमा ३६ दशमलव ९, धरानमा ३६ दशमलव ५ र विराटनगरमा ३६ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
त्यस्तै , काठमाडाैंमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम बुधबार बढेर ३९ दशमलव ६ डिग्री सेल्सियस मापन भएको हाे । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार काठमाडाैं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।
बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्