Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


रवि लामिछानेको भ्रमणको अन्तर्य (भिडियाे रिपोर्ट)


0
Shares

नरेन्द्र महतारा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण यतिबेला नेपाली राजनीतिक वृत्तमा व्यापक चासो र बहसको विषय बनेको छ ।

विगतमा पनि विभिन्न नेपाली नेताहरूले भारत भ्रमण गर्दै राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्दै आए पनि लामिछानेको भ्रमणलाई फरक ढंगले हेरिएको छ । लामिछानेले भारतमा उच्च राजनीतिक तथा कूटनीतिक भेटघाट गर्दै गर्दा देशभित्र भने त्यसलाई अनेक कोणबाट विश्लेषण गर्ने गरिएको छ । एक रिपोर्ट ।

रवि लामिछाने भारत पुग्नेबित्तिकै गरिएको स्वागतले निकै चर्चा पायो । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका लामिछानेलाई भव्य स्वागत गरियो भने लामिछानेले राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुपूर्व नेपाल–भारत सम्बन्धको विषयमा भारतीय अखबारमा उहाँको लेखसमेत छापियो । जसमा मुलुकभित्र आर्थिक लगानीदेखि व्यापार– व्यवसायका हिसाबमा जोडिने कुरा उल्लेख गरिएको थियो ।

राजनीतिक भेटघाटका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्च पदस्थ राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरिसकेका छन् । नेपालमा सत्तारुढ राजनीतिक शक्तिको नेतृत्व गरिरहेका लामिछानेलाई भारतमा उच्च राजनीतिक तहका व्यक्तिहरूसँगको पहुँच दिइएपछि त्यसको सन्देश र सम्भावित परिणामबारे विभिन्न टिकाटिप्पणी भईरहेका छन् । भारतमा लामिछानेले देखाएको प्रभाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित परिणामबारे पनि आँकलन सुरु भएको छ । भेटवार्ता अघि लामिछानेले सीमाको विषयभन्दा बढी व्यवसायिक लगानीलाई प्राथमिकता दिएका थिए । जसको भने आलोचना भइरहेको छ ।