Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


‘पपुलिस्ट’ भनिने शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरेकाे नेता भट्टराईकाे आरोप


13
Shares

काठमाडाैं । नेकपा एमालेका नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।

काठमाडाैंमा बुधबार एमालेकाे संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दावी गर्नुभएकाे छ। उहाँले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताउनुभयो । प्रधानमन्त्री शाहले हामी अतिक्रमणकारी हौं र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गर्नुभएकाे छ ।

नेता भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताउनुभयो ।