Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


म्यानमारको याङ्गुनमा नयाँ शैक्षिक सत्र सञ्चालन

९ लाख ४९ हजार बढी विद्यार्थी विद्यालयमा उपस्थित

0
Shares

एजेन्सी । म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक रुपमा शुरुवात भएको छ ।

नयाँ शैक्षिक सत्रको पहिलो दिन ९ लाख ४९ हजार ४ सय ४१ विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको सरकारी सञ्चारमाध्यम ‘ग्लोवल न्यू लाइट अफ म्यानमार’ ले जनाएको हाे । प्राप्त विवरणअनुसार, याङ्गुन क्षेत्रका २ हजार ७ सय १७ आधारभूत विद्यालय, ३ सय ७८ निजी विद्यालय र २ सय ३१ गुम्बा विद्यालयहरूमा गरी कूल ८० दशमलव ८३ प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ ।

अघिल्लो शैक्षिक सत्रमा सोही क्षेत्रका विद्यालयहरूमा १० लाख भन्दा बढी विद्यार्थीको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अधिकारीहरूले हाल जारी विद्यार्थी भर्ना अभियानमार्फत यस शैक्षिक सत्रमा विद्यार्थीको कुल संख्या १२ लाख पुर्‍याउने लक्ष्य राखेकाे बताएका हुन् ।