Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालकाे कतारमाथि सहज जित

कतार भने ८ विकेटले पराजित

13
Shares

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ ।

मलेसियामा बुधबारदेखि शुरु भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेकाे हाे । कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाएर भेटाएकाे छ। नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाएकी छन् । पूजा महतोले अविजित २८ रन जोडेका थिए । कतारका शाहरीनवाब खान र खादिजा अमदले १–१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले १६ ओभर ५ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो । कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाएकी थिइन् । नेपालले अब बिहीबार आफ्नो दोस्रो खेल भुटानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । महिला टी–२० एसिया कपको छनोट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कूल १८ टोलीकाे सहभागी रहेकाे छ। टोलीलाई चार समूहमा विभाजन गरिएको आयाेजकले जनाएकाे हाे ।

नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल यहि जेठ २३ गते हङकङसँग खेल्ने तालिका रहेकाे हाे । यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली भने आगामी महिला एशिया कपका लागि छनोट हुने भएका छन् ।