Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएकाे राष्ट्रपति ट्रम्पकाे घोषणा घोषणा

इरानसँगको वार्ता पनि तीब्र गतिमा अगाडि बढिरहेको दावी

13
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्नका लागि सहमति भएको गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको वार्ता पनि तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको हो । लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि उहाँको यस्ताे टिप्पणी सार्वजनिक भएको हो ।

उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दावी गर्नुभयो । इजरायली प्रधानमन्त्री नेतन्याहुसँगको संवाद अत्यन्तै फलदायी रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पलेले इजरायलले लेबनानको राजधानी बेरुतमा सेना नपठाउने समेत स्पष्ट पार्नुभएकाे छ ।

यसअघि इजरायलले दक्षिण लेबनानको रणनीतिक महत्त्वको ब्यूफोर्ट रिज र त्यसको टाकुरामा रहेको ऐतिहासिक किल्ला कब्जा गरेको दावी गरेको थियो । यो क्षेत्र युद्धविराम सम्झौतापछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ सञ्चारमाध्यमहरूले २० वर्ष भन्दा बढीको अवधिमा लेबनानमा इजरायलको यो सबै भन्दा गहिरो सैन्य प्रवेश भएकाे जनाएका छन् ।

इजरायलको यस कदमको अरब राष्ट्रहरूका साथै फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य (यूके) ले समेत निन्दा गरेका हुन् ।