Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे वर्षा हुँदै


26
Shares

काठमाडाैं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेकाे हाे । कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी, कर्णाली, कोशी बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे। देशको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै पहाडी भू-भागमा भनेआंशिक बादल लाग्ने भएकाे हाे। तराई भू-भागमा भने मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।