Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


टर्कीमा इदमा सडक दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ७० पुग्याे


52
Shares

एजेन्सी । टर्कीमा ९ दिने इद उल–अधा पर्वको बिदाका क्रममा भएका विभिन्न सडक दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ७० जना पुगेकाे छ।

राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार राति सडक दुर्घटनामा परी उनीहरुकाे मृत्यु भएकाे बताउनुभएकाे हाे । उहाँले गत वर्षहरूको तुलनामा यस वर्ष घातक सडक दुर्घटनाको संख्यामा भने कमी आएकाे बताउनुभयाे ।

राष्ट्रपति एर्डोगानले नयाँ सडकहरूको निर्माण, सघन ट्राफिक नियन्त्रण, हवाई माध्यमबाट गरिने निरीक्षण तथा भारी सवारी साधनको सञ्चालनमा लगाइएको प्रतिबन्ध जस्ता सुरक्षात्मक उपायहरूका कारण सडक सुरक्षामा सुधार आएको बताउनुभएकाे छ ।