Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादित अभिव्यक्ति दिएपछि चौतर्फी रूपमा विरोध (विज्ञप्तिसहित)

प्रधानमन्त्रीकाे बचाउमा परराष्ट्र मन्त्रालय

0
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको संसद बैठकमा नेपालले पनि भारतीय जमिन मिचेको भनेर विवादित अभिव्यक्ति दिएपछि यसको चौतर्फी रूपमा विरोध भएको छ ।

प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोस्टमबाटै ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्नु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको भन्दै राजनीतिज्ञ र कूटनीतिज्ञहरुको विराेध जनाएका हुन् ।

उनीहरुले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन् । बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताउनुभएकाे थियाे ।

तर यो अभिव्यक्ति गलत भएकाे भन्दै सीमाविदहरुले खेद व्यक्त गरेका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुंगेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्तिले आफूहरुलाई आश्चर्यमा पारेको बताएका हुन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदमा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको भन्दै प्रधानमन्त्रीकाे बचाउ गरेकाे हाे ।

नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरेको कारणले ‘क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भू-भागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको मन्त्रालयको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । दुवै देशले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेकाे पनि परराष्ट्रले स्मरण गराएको हाे ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति यस्तो छ :

नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ

नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ बैशाख २० मा स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र भारतबीच सदियौँ पुरानोलामो र खुला सिमाना रहेको सर्वविदितै छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरालिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्।

यसै सन्दर्भमासम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन’ (Cross-Border Occupation) अर्थात् सीमा वारपारको जग्गा भोगाधिकार‘ सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माणमर्मतदशगजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रुपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।

नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूपऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।