Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


रोयल बैंगलाेरले जित्यो गुजरातलाई पराजित गर्दै आईपीएल क्रिकेटको उपाधि

गुजरात टाइटन्स भने ५ विकेटले पराजित

39
Shares

काठमाडाैं । रोयल च्यालेन्जर्स बैंगलाेरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

अहमदावमदको नरेन्द्र मोदी रङ्गशालामा आइतबार राति भएको खेलमा बैंगलाेरले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेकाे हाे । गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बैंगलाेरले १८ ओभरमा ५ विकेट गुमाएर भेटाएकाे छ । बैंगलाेर विराट कोहलीले अविजित ७५ रन बनाएका थिए। गुजरातका रशिद खानले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाएका छन्। बैंगलाेरका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिएका थिए । योसँगै बैंगलाेरले लगातार दुई पटक आईपीएलको उपाधि जितेको छ ।

गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आइतबार विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी भएका थिए ।