Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


कोलम्बियामा दुई समूहबीच हिंसात्मक झडप हुँदा ५२ जनाको निधन

झडपमा परी सयौं घाइते भएको आशंका

39
Shares

एजेन्सी । कोलम्बियाको विघटित विद्रोही फार्क समूहका दुई गुटबीच हिंसात्मक झडप हुँदा करिब ५२ जनाको मृत्यु भएको छ।

अमेजन जंगल क्षेत्रमा फार्कका दुई विद्रोही गुटबीच एक सातासम्म चलेको भीषण भिडन्तमा परि करिब ५२ जना लडाकुको मृत्यु भएको हाे । कोकिन उत्पादन र तस्करीका रणनीतिक मार्गहरूमा आफ्नो आधिपत्य जमाउन गुटहरूबीच यो हिंस्रक संघर्ष भएको थियाे । सन् २०१६ को ऐतिहासिक शान्ति सम्झौतालाई अस्वीकार गरेका यी हतियारधारी विद्रोही समूहहरूबीच दक्षिण–पूर्वी कोलम्बियाको ग्वाभियारे क्षेत्रमा पछिल्लो समय हिंसा निकै चुलिएको छ ।

यस पटक नेस्तोर ग्रेगोरियो भेरा र अलेक्जेन्डर डियाज मेन्डोजाले नेतृत्व गरेका दुई आपराधिक गिरोह आमनेसामने भएका हुन् । अहिले मेन्डोजाको गुट कोलम्बिया सरकारसँग शान्ति वार्तामा संलग्न छ भने राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले युद्धविराम स्थगित गरेपछि मोर्डिस्कोको गुट सरकारसँग पनि खुला द्वन्द्वमा रहेको हाे ।

राष्ट्रपति पेट्रोले देशमा पूर्ण शान्ति स्थापना गर्ने नीति अघि सारे पनि यस्ता ससाना विद्रोही गुटहरू चुनौती बनिरहेका छन् ।