एजेन्सी । बेलायतको सबै भन्दा ठूलो गुप्तचर निकाय ‘गभर्मेन्ट कम्युनिकेशन हेडक्वार्टर्स’ (जीसीएचक्यू) ले सन् २०२२ मा शुरू भएको युक्रेनसँगको युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएकाेे दावी गरेको छ ।
युक्रेनमा पूर्णस्तरको आक्रमणपछि ५ लाख रुसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे ।गुप्तचर निकायकी प्रमुख एन किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्यांक सार्वजनिक गर्नुभएको समाचारमा उल्लेख गरिएकाे छ ।
उहाँले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रुसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरूविरुद्ध अघोषित ‘हाइब्रिड युद्ध’ चलाएको आरोप पनि लगाउनुभयो । रुस र युक्रेन दुवैले समय–समयमा एक-अर्काको सैन्य क्षतिको तथ्यांक सार्वजनिक गर्दै आएका छन् ।
तर आफ्नै क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन् । यद्यपि गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ देखि ५५ हजार युक्रेनी सैनिक मारिएको बताउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्