Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


काभा महिला भलिबल च्याम्पियनशिपमा इरान र काजकिस्तान फाइनलमा प्रवेश

नेपाल र भारतकाे लज्जास्पद हार

13
Shares

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे। इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो । अब इरानले उपाधिका लागि फाइनलमा शुक्रबार काजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

बिहीबारै भएको पहिलो सेमिफाइनल खेलमा काजकिस्तानले भारतलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे । त्यस्तै, नेपालले तेस्राे स्थानका लागि शुक्रबार नै भारतकाे सामना गर्ने भएकाे छ ।