काठमाडौं, असोज १२ । कतारले सन् २०२२ मा विश्वभरका अर्बौं मानिसको ध्यान आकर्षित गर्दै विश्वकप फुटबल आयोजना गर्दैछ । तर त्यही विश्वकप आयोजना गर्ने स्टेडियम बनाउन वर्षौंदेखि काम गर्दै आएका नेपालीलाई भने २ वर्षसम्म काम लगाएर विना तलब नेपाल फर्काइएको छ ।
सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करीमिना नामक कम्पनीले ३४ नेपाली कामदारलाई दिनुपर्ने झण्डै ६८ लाख रुपैयाँ भुक्तानी नदिइ नेपाली युवालाई भोकभोकै नेपाल फर्काएको पाइएको छ ।
विना तलव युवा स्वदेश फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता नै प्रमुख कारण रहेको पीडितले गुनासो गरेका छन् ।
कतारमा आफ्ना नागरिकलाई यथेष्ट सहयोग उपलब्ध गराउन पनि नेपाली निकायहरु विफल भएको एमनेस्टी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । –कारोबार दैनिकबाट




प्रतिक्रिया दिनुहोस्