काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बुधबार पनि बैठक शुरु हुने बित्तिकै विराेध जनाउनुभएकाे हाे । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहकाे आधिकारिक धारणा माग गर्दै बैठक अराेध गर्नुभएकाे छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएकाे हाे। त्यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।










प्रतिक्रिया दिनुहोस्